कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४० वर्षपछि  पक्राउ


रौतहट ।

 कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रौतहट राजदेवी नगरपालिका-९ घर भएका ५६ वर्षीय राजु सिंहलाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ । 

उक्त मुद्दामा २० वर्ष कैद सजाय ठहर भई ४० वर्षदेखि फरार रहेका उनलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रौतहटमा पेस गरिएको छ।