नवलपरासी ।
पूर्वपश्चिम महेन्द्र राजमार्गकाे बिनयी खाेला पुल अधिकभार बहनका कारण भाँचिएपछि २ वैकल्पिक मार्गबाट यातायात सुचारु गरिएकाे छ ।प्रहरी कार्यालय दुम्किबासका अनुसार अहिले सिजी चाेक, सर्दी, डाडाजाेर हुँदै दुम्किबास जाेड्ने भित्री सडकबाट हलुका तथा यात्रु बाहक सवारी संचालनमा आएका छन् ।
छाेटाे बिकल्प मानिएकाे दूर्घटनाग्रस्त पुलदेखि दक्षिण क्रसर उद्योग निस्कने बाटाे मालबाहक सवारीका लागि छुट्याईएकाे छ । प्रहरीका अनुसार करिव ५ किलाेमिटर लामाे उक्त डाइभर्सनमा राती केही सवारी फसेपछि त्यहाँ पनि जामकाे समस्या थपिएकाे र खुलाउने प्रयास भई रहेको छ ।
त्यसै गरी दाउन्ने पहाड खण्डमा शीतलहरकाे चिसाे र भित्ताे काट्ने कामले अघिला दिनहरूबाटै सवारी एक तर्फी सुचारू भई रहेको बताइएको छ ।
राजमार्गमा यात्रारत रूपन्देहीका ऋषि भुसालका अनुसार हाेङ्सी तर्फकाे वैकल्पिक सडक यात्रा सहजै रहे पनि बिहानीपख घ्यूखाेला नजिक दाउन्ने उकालाेमा सवारी जाम लागेकाेले ट्राफिक प्रहरीले सडक खुलाउने प्रयास गरी रहेको छ ।
बिनयी खाेलामा अत्यधिक भार बाेकेकाे एन एल ०१ ए एच ५१६९ नम्बरकाे ७४ चक्के भारतीय आइचर ट्रेलर भासिएकै पुलमा फसेकाे छ ।
पूर्व पश्चिम सडक बिस्तारकाे जिम्मा लिएकाे चाईनिज कम्पनीले बिनयी खाेलामा समानान्तर अर्काे पुल निर्माणको काम थाले पनि त्याे भने अधुरै रहेको छ ।
प्रतिक्रिया