काठमाडौं।
नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी २०८१ हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि, फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स र एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया (इटिएसआइपिएल)ले संयुक्त रूपमा प्रदर्शनी गर्न लागेका हुन् । फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनसम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनीको दसौँ संस्करण ४ देखि ६ माघसम्म भृकुटीमण्डप काठमाडौंमा हुन लागेको हो ।
प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्रान्डका सयभन्दा बढी स्टल रहनेछन् । फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनीका डिलर, सबडिलर र विक्रेताले काठ व्यवसायसँग सम्बन्धित उत्पादन प्रदर्शनीमा राख्ने आयोजकले जनाएको छ ।
यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादन रहने बताइएको छ ।
अवलोकनकर्ताले अत्याधुनिक प्रविधि, उन्नत मेसिनरी र नवीन अवलोकन गर्न पाउनेछन् । साथै, फर्निचर निर्माता, किचन मेकर, आरा मिलर, बोर्ड मेकर, फिटिङ र कम्पोनेन्ट निर्माता, व्यापारी, वास्तुविद्, भवन निर्माणकर्ता र इन्टेरियर डिजाइनर आदि सबै क्षेत्रका उन्नत मेसिनरी र नवीन उत्पादन राखिने आयोजकको भनाइ छ । यस प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फनिर्चर र होम टेक्सटायल क्षेत्रको विकासमा टेवा पु¥याउने आयोजकको विश्वास छ ।
प्रतिक्रिया