नवलपरासी ।
गए राती देखि लागेकाे हुस्सु र कुईराेका कारण सडक हिलाम्मे हुदा पूर्व पश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले दिएकाे जानकारी अनुसार स्थानीय खुर्सानी खाेला वरपर राती देखिनै हुस्स लागेर शीत पर्न थाले पछि निर्माणधिन सडक हिलाम्मे भई सवारी चिप्लँदा आवगमन रोकिएको हाे ।
बिहान केही समय सडक मर्मत गरी एकतर्फी यातायात सुचारु भए पनि हुस्सु र कुहिरोले जताततै समस्या देखिँदा सडक आवत जावत बन्द रहेको सूचना अधिकारी प्रनाउ रेशम बाेहाेराले बताए ।
सडक चिप्लाे भए पछि पूर्व र पश्चिमबाट गन्तव्यमा हिँडेका सवारी बर्दघाट तर्फको एस मोड देखिनै सडकमै रोकिएका छन् ।
त्यस्तै पूर्व तर्फ विनयी त्रिवेणी गाउँ पालिका २ ज्यामिरे देखि दाउन्ने डाँडा सम्मकाे सडककाे भित्ता काट्न मंगलबार देखिनै बाटाे एकतर्फी मात्र संचालनमा रहेको बताइएको छ ।
मुख्य सडकमा बाटाे कतै एक तर्फी त कतै चिसाे र चिप्लोका कारण सवारी जाम लाग्दा यात्रुहरूले पुसको कठ्याङ्ग्रिँदो जाडोमा दिन काट्न परेको बताइएको छ ।
प्रतिक्रिया