काठमाडौं ।
गृह मन्त्रालयले काठमाडौंलगायत विभिन्न सात जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ। जसअनुसार काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीलाई लगिएको छ। काठमाडौंका प्रजिअ जयनारायण आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।
यसै गरी गृहले जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई जिल्ला प्रशासन कार्यालय सुनसरीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ भने सुनसरीका प्रजिअ रामचन्द्र तिवारीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।
गृह मन्त्रालयका सहसचिव गोगनबहादुर हमाललाई कैलालीको प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ। यसै गरी गृह मन्त्रालयका सहसचिव तुलसीबहादुर श्रेष्ठलाई सर्लाहीको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ।
मोरङका प्रजिअ प्रेमप्रसाद भट्टराई र झापाका प्रजिअ बन्धुप्रसाद बास्तोलालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। त्यसै गरी गृह मन्त्रालयका सहसचिव इन्द्रदेव यादवलाई मोरङ, सर्लाहीका प्रजिअ गोपालकुमार अधिकारीलाई झापाको प्रम्ुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ।
जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई जिल्ला प्रशासन कार्यालय सल्यानको प्रजिअमा सरुवा गरिएको छ। जिल्ला प्रशासन कार्यालय सल्यानका प्रजिअ शम्भुप्रसाद रेग्मीलाई गृह मन्त्रालयमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया