भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतले पारित


काठमाडौँ ।

 भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकले उपसमितिले तयार गरेको प्रतिवेदनसहितको संशोधन विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो । 

 समितिले नेपाली कांग्रेसका सांसद हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उक्त समितिले प्रतिवेदनसहित समितिमा पेस गरेको विधेयक सर्वसम्मतबाट पारित भएको सभापति रामहरि खतिवडाले जानकारी दिए ।