नेपाली सेनाद्वारा शङ्कास्पद वस्तु निष्क्रिय


काठमाडौं ।

नेपाली सेनाले सुनसरीको ईटहरी उपमहानगरपालिका-६ स्थित उपमहानगरपालिका कार्यालय नजिक फेला परेको शङ्कास्पद वस्तु निष्क्रिय पारेको छ।

उपमहानगरपालिका कार्यालय अगाडिको पसल छेउमा फेला परेको उक्त वस्तु सेनाको बम डिष्पोजल टोलीले आज निष्क्रिय पारेको नेपाली सेनाले जानकारी दिएको छ।