कालिकोटमा भूकम्प


काठमाडौं ।

कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्प बिहान पाँच बजेर ९ मिनेट जाँदा गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको कारण जनधनको क्षतिको विवरण अहिलेसम्म प्राप्त भएको छैन। यसअघि शुक्रबार राति पनि कालीकोट केन्द्रबिन्दु भएर ३.७ म्याग्नीच्युडको भूकम्प गएको थियो।