सरकारी सेवामा पहुँच बढाउन लोकसेवा तयारी कक्षा

1.22k
Shares

स्याङ्जा ।

सामाजिक विकास कार्यालय स्याङ्जाले महिलालाई सरकारी सेवामा पहुँच बढाउने उद्देश्यले एक महिने नि:शुल्क तयारी कक्षा सम्पन्न गरेको छ । गत मंसिर ११ गते देखि सञ्चालन गरेको निःशुल्क लोकसेवा तयारी कक्षामा ४६ जना महिलालाई तालिम दिएको हो । महिलाहरूलाई निजामती सेवामा सहभागी गराउन र उनीहरुको क्षमता विकास गर्ने उद्देश्यले सामाजिक विकास कार्यालय स्याङ्जाले उक्त कक्षा सञ्चालन गरेको थियो । 

निःशुल्क कक्षामा अप्राविधिक तर्फको राजपत्र अनंकित द्वितीय, सहायक स्तर चौथो तहको पाठ्यक्रममा आधारित रहेर ६० वटा कक्षा सञ्चालन गरिएको सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले जानकारी दिए । सरकारी सेवामा महिलाको पहुँच बढाउन सहज होला भन्ने उद्देश्य हो प्रमुख पौडेलले भने, ‘निःशुल्क प्रशिक्षणले महिलालाई आर्थिक बोझ पनि नपर्ने र क्षमता विकास गर्ने अवसर पनि मिल्नेछ ।’ पढ्दै गरेका महिला विद्यार्थीलाई यस्ता कक्षाले लोकसेवा तयारीमा थप मद्दत पनि मिल्ने उनको भनाई छ । 

सामाजिक विकास कार्यालय स्याङ्जाले लोकसेवा तयारी कक्षासँगै अन्य रचनात्मक क्रियाकलापहरु पनि गर्दै आएको छ । जसले गर्दा समाजमा भैपरी आउने समस्या समाधानमा निकै महत्त्वपूर्ण सहयोग मिलेको बताइएको छ । कार्यालयले दिएको सूचनाको आधारमा ४० जना महिला विद्यार्थीको कार्ययोजना भएपनि निवेदन दिएका सबैलाई कक्षामा सहभागी गराइएको प्रमुख पौडेलले बताए । जिल्लाका ११ ओटै पालिकाबाट सहभागी नभएपनि आगामी बर्षदेखी अनलाइन र फिजिकल दुवै तर्फबाट कक्षा सञ्चालन गरिने योजना रहेको कार्यालयले जनाएको छ । सहभागीहरुलाई लोकसेवा सम्बन्धी कितावसँगै अन्य शैक्षिक सामाग्री र झोला उपलब्ध गराएको थियो । जसले सहभागी विद्यार्थीहरुलाई अध्ययनमा थप मद्दत गर्ने विश्वास कार्यालयको छ । 

नि:शुल्क लोकसेवा कक्षा सञ्चालन गरेर महिलालाई प्रथामिकतामा राखेकोमा स्याङ्जाकी प्रमुख जिल्ला अधिकारीले सामाजिक कार्यालयको प्रशंसा गरेकी छन्। विद्यार्थीहरुको निरन्तर मेहनतबाट सफलता मिल्नेमा यस्ता तालिमले अझै सहजता प्रदान गर्ने प्रजिअ नेपालले बताए । लोकसेवा परीक्षामा महिलाहरूलाई निकै सकस हुने गर्छ प्रजिअ नेपालले भने, बिषयबस्तुमा तालिका बनाएर अभ्यास गरिरहने हो भने अवश्य सफल भइन्छ ।’ महिला लक्षित यस्ता तालिमहरुलाई निरन्तरता दिन सकियो भने लोकसेवामा महिलाको पहुँच पु¥याउन टेवा मिल्ने प्रजिअ नेपालको भनाई छ । लोकसेवा तयारी कक्षा सञ्चालनले आफूहरूलाई निकै सहयोग गरेको सहभागी प्रशिक्षार्थीहरुले बताएका थिए । तालिममा सहभागी ४६ जना महिला विद्यार्थीलाई प्रमाणपत्र समेत वितरण गरिएको सहयाक प्रशासकीय अधिकृत द्रोण प्रसाद पनेरुले जानकारी दिए ।