काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दै छ। सभापति रवि लामिछाने तीन महिना बढी समयदेखी हिरासतमा रहेपछि पार्टीका गतिविधि अघि बढाउन सचिवालय बैठक बोलाइएको हो।
बैठक दिउँसो ३ बजेबाट पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। आजको बैठकमा समसामयिक राजनीति, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारीलगायतका विषयमा छलफल हुने जनाइएको छ।
कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार पार्टी गतिविधिलाई निरन्तरता दिनका लागि यो बैठक बोलाइएको हो ।
प्रतिक्रिया