सहकारी ठगी प्रकरण: छविको बयान सकियो, रविको पालै आएन


पोखरा । 

गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएको छ । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा उनीसँग न्यायाधीश नितिज राईले अदालतले लिएको थुनछेक बहस सकिएको हो ।

 हिजोदेखि सुरु भएको छविको बयान मंगलबार सकिएपछि अर्का प्रतिवादी लीला पछाईसँग थुनछेक बहस सुरु भएको छ ।

 अदालत लगिएको भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग आज पनि लिइएको छैन । पछाईको बयान सकिए पछि लामिछानेको पालो आउने बताइएको छ ।