काठमाडौं ।
आज सेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढेको छ ।
बिगत केही समय देखी लगातार घटिरहेको नेप्से पछिल्लो समयमा निरन्तर बढन थाले पछि परिसूचक आज २६२६.३१ बिन्दुमा उक्लिएर रोकिन पुगेको छ।
मंगलबार पसिूचकसँगै कारोबार रकम पनि थोरै बढेको तथ्यांकले देखाएको छ ।
जसअनुसार कुल ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब २० करोड २२ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार सेयर कारोबारको रकम ४ अर्ब ३७ करोडको कारोबार भएको थियो ।
प्रतिक्रिया