भक्तपुर बाबु-छोरा हत्या प्रकरण : जेठो छोराले गरे आत्मसमर्पण


काठमाडौँ।

भक्तपुरको सूर्यबिनायक नगरपालिका–२ स्थित बालकोटमा भएको बाबु-छोरा हत्या प्रकरणमा जेठो छोराले प्रहरीकोमा पुगेर आत्मसमर्पण गरेका छन्।

कुलप्रसादका जेठा छोरा मिलन आचार्यले मंगलबार प्रहरी वृत्त महराजगञ्जमा पुगेर आत्मसमर्पण गरेका हुन्।

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका ५६ वर्षीय कुल प्रसाद आचार्य र कान्छो छोरा २२ वर्षका प्रबिन आचार्य सोमबार मृत भेटिएका थिए। जेठा छोरा मिलन फरार थिए ।

बाबु-छोरा मृत अवस्थामा भेटिएपछि हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान तीव्र रूपमा अगाडि बढाएको थियो।

कुलप्रसादका जेठा छोरा २५ वर्षीय मिलन मंगलबार बिहान आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर घटना विवरण सुनाउँदै आत्मसमर्पण गरेको प्रहरीको भनाइ छ।