· -प्रवक्ता मानन्ध भन्छन्- कारबाही भएका छैन, छानबिन सुरु गरेका हौँ
· -जरिवाना, नक्सा दस्तुर लिने अनि कारबाही गर्ने
· -कहिल्यै पनि आधा आधा नक्सा पास हुँदैन
· –दस्तुर र जरिवाना गरी करिब डेढ करोड असुल
· -नक्सा विपरीत भवन किन भत्किएन , प्रतिवेदन गोप्य राखेर कारबाही सिफारिस
काठमाडौँ ।
काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साहले अर्को स्टन्ट सुरु गरेका छन् । काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरेज गुरागाईंलाई कारबाहीका लागि सिफरिस गरेर नयाँ स्टन्ट सुरु गरेका हुन् । हिल्टन र सेराटन होटलको विषयमा छानबिन सुरु गरेपछि आत्तिएका मेयर साहले आफैले गरेको निर्णय कार्यान्वयन गर्दा प्रमुख प्रशासकीय अधिकृत गुँरागाईमाथि कारबाही सिफारिस गरिएको छ ।
उच्च स्रोतका अनुसार तत्कालीन नक्सा विभाग प्रमुख अर्चना शाक्यको कार्यकालयमा काठमाडौँ टावरको १९ तलाको नक्सा पास प्रक्रिया अगाडि बढाएको थियो । त्यसबेला भएको कामको प्रक्रियागत कार्यान्वयन प्रमुख कार्यकारी अधिकृत गुँरागाईले गरेका छन् । मेयर साहले जरिवाना गरेको विषय काम कि त भत्काउने भन्ने बुझिन्छ कि त जरिवाना लिने ? यति लामो समय पुगिसक्दा भवन नभत्काएको कारण कार्यकारीले मेयरको निर्णय कार्यान्वयन गरेको बुझिन्छ । अर्थात् जरिवाना लिएको हो ।
नभत्काएपछि के भयो ? कामपाले सो भवनको विषयमा ५ नम्बर वडा अध्यक्ष वीरेन्द्र प्रजापति संयोजकत्वको सार्वजनिक निजी साझेदारी समितिले विषयमा छानबिन समिति गठन गरेको थियो । सो समितिले के निर्णय ग¥यो भन्ने विषय गोप्य छ । त्यसअघि सन्तोष पाण्डे र निर्मल अधिकारीको संयोजकत्वमा समिति बनाएको थियो । सो भवनको नक्सा पास गर्न उपयुक्त हुन्छ कि हुन्न भन्नेमा सो समितिले तयार गरेको प्रतिवेदन पनि गोप्य छ ।
स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत गुँरागाईले सोचविचार गरेर मात्र हस्ताक्षर गर्नुभएको हो , मेयर साहले असयोग गरेको आरोप लगाएर कारबाहीको डन्डा चलाएका हुन । कार्यकारीलाई कतिबेला गर्छ र अरोप लगाइ दिउ । भनेर खोजेका थिए । अहिले कारबाही गर्ने हल्ला गरेका छन् ।
हामी त पानी टेकेर पनि सुख्खा भएर निस्किऊ । भन्ने लागेको थियो । सानो कारण देखाउँदै कारबाही गरेको हो । जरिवाना , नक्सादस्तुर लिएको हो । नक्सा दस्तुर करिब एक ढेड करोड भन्दा बढी छ । ५ वर्षमा सक्ने काम किन भएन ? भनेर ५ लाख जरिवाना लिएको हो । ५ वर्षमा गर्नुपर्ने काम किन गरेर भनेर जरिवाना लिएको हो । मेयर साहको सचिवालयले कुनै घटना छानबिन गर्नुपरे आफू निकटकालाइ राखेर प्रतिवेदन तयार गरी कारबाही गर्ने चलन चलाएका छन् । समितिले दिएको प्रतिवेदन सार्वजनिक नगरी अर्को समिति गठन गरेर गठन गर्ने मेयरको दैनिकी जस्तै भएको छ ।
स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत गुँरागाईले कामपाको कानुन अनुसार हुनेगरी निर्णय भएको हो । प्रमुख प्रशासकीय अधिकृत गुँरागाईले हिन हार्ड कपीमा हस्ताक्षर गर्नुभयो ? भन्ने प्रश्न उठेको छ । तर प्रक्रियागत रुपमा फाइल आएपछि हस्ताक्षर भएको हो–स्रोतको भनाई छ । कामपामा नक्सापासको सबै विषय अनलाईन प्रणालीमा आधारित छ । सो भवन कामपाकै नाममा पास हुन्छ । राजश्व बुझाएको छ । ५ लाख जरिवाना लिएको विषय नियमसंगत छ–स्रोतको दाबी छ ।
तर मेयर वालेन्द्रले गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तलाको नक्सा स्वीकृति दिएको पाइएपछि कारबारहीको सिफरिस गरेको जनाइएको छ । यो विषयमा प्रवक्ता नविन मानन्धरले प्रशासकीय अधिकृत गुँरागाइर्एलाई कारबाही गर ? भनेको होइन , घटना छानबिन गर्न मात्र भनेको हो । उहाँले सो विषयमा सुक्ष्म अध्ययन गरेपछि मात्र कारबाही गर्ने वा नगर्ने निर्णय हुनेछ–प्रवक्ता मानन्धरले भने ।
उनले अहिलेसम्म प्रसाशकीय अधिकृतलाई हटाउने कुनैपनि निर्णय नभएको पनि स्पष्ट पारे । प्रमुख प्रशासकीय अधिकृत गुरागाईँमाथि कारबाहीको लागि बालेन कस्सिएका छन् । सो घटनाको बारेमा हिजोदेखि अध्ययन सुरु गर्ने भएको स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया