काठमाडौँ।
राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले लैङ्गिक हिंसा अन्त्य गर्न कानुनमा रहेका कमजोरीहरुलाई सुधार गरेर जान सकिने धारणा राखेकी छन् ।
उपाध्यक्ष घिमिरेले जुरी नेपालले शुक्रबार काठमाण्डौमा आयोजना गरेको ‘लैङ्गिक हिंसा पिडीतको न्यायमा पहुँचबृद्धि’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै कानूनमा रहेका त्रुटी सच्याउन सकिने भएपनि समाजको चेतनास्तरमा सुधार गर्नु अहिलेको प्रमुख चुनौतीको रुपमा देखा परेको धारणा राखेकी हुन् ।
उपाध्यक्ष घिमिरेले महिला अधिकारकर्मीले लामो समयदेखि उठाउँदै आएका कतिपय आवाज र मुद्दा संविधानमा लेखाउन सफल भएको चर्चा गर्दै प्राप्त उपलब्धीलाई संस्थागत गर्ने र उपभोग गर्दै जानुपर्ने कुरामा पनि जोड दिइन् ।
उनले अन्य महिला मात्रै होइन राजनितीमा सक्रिय महिला राजनितीकर्मी पनि हिंसामा पर्दैै आएको बताएकी छन् । महिला भएकै कारण कसैले हिंसा भोग्न नपरोस भन्ने हामी सबैको चाहना हुन्छ तर कार्यक्षेत्र र जिम्मेवारी पाउने कुरामा राजनितीकर्मी महिलामाथि पनि हिंसा भएको भनाई उनको थियो । ‘लैङ्गिक आधारमा कसैप्रति पनि हिंसा नहोस, महिला माथि लैङ्गिक आधारमा हिंसा नहोस भन्ने चाहना हामी सबैको छ,’ उनले भनिन् ‘अन्य क्षेत्रमा जस्तै राजनैतिककर्मी महिलामाथि पनि हिंसा भएका छन्, त्यसका बिरुद्ध पनि हामीले लड्नुपरेको छ।’
कार्यक्रममा बोल्दै राष्ट्रिय सभा अन्र्तगतको विकास, आर्थिक मामिला तथा सूशासन समितिकी सभापति कमला पन्तले स्थानीय तहमा राजनितीकर्मीलाई पिडक र पीडितलाई न्याय दिने दायित्व सुम्पने कामका बारेमा समीक्षा गर्ने बेला आएको धारणा राखिन् । उनले स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुले पिडितको पक्षमा नभई राजनैतिक चस्माले हेर्ने गरेको गुनासो गरिन् । पछिल्लो समय पारिवारीक कलह र हिंसाका घटनानाले समाजमा परिवाररिक अवस्था क्षतबच्छिद भएकोमा चिन्ता व्यक्त गर्दै परिवार बलियो भयो भने समाज बलियो हुने भएकाले यस्ता विषयमा पनि ध्यान दिनुपर्ने धारणा राखिन् ।उनले कानुन त निमुखा मान्छेको संरक्षणमा केन्द्रित हुनुपर्ने विचार व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा राष्ट्रियसभाका सदस्यहरु, महिला अधिकारकर्मीहरुले हिंसा पिडीतले प्रहरीमा दिने बयान नै फरक पारिदिने समस्या रहेको भन्दै स्थानीय भाषामा जाहेरी दर्ता र बयान दिने ब्यबस्था गर्नुपर्छ भन्ने धारणा राखेका थिए । मेलमिलापका कारण घरेलु हिंसा पीडित महिलालाई झनै पिडा दिएको र मेलमिलाप भएपछि घर गएर हत्यासम्म हुने समस्या देखिएको धारणा राखेका थिए ।
प्रतिक्रिया