युनिभर्सल मेडिकल कलेज परिसरमा फेला परेको बम सेनाद्वारा डिस्पोज

24.06k
Shares

बुटवल। 

रुपन्देहीको भैरहवा स्थित युनिभर्सल युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, शिक्षण अस्पताल परिसरमा फेला परेको बम जस्तो देखिने कुकर नेपाली सेनाले डिस्पोज गरेको छ ।

अस्पतालको पार्किङ क्षेत्र नजिकै प्रेसर कुकर, घडी, तार र ब्याट्री जडान गरिएको अबस्थामा बम जस्तो देखिने संकास्पद बस्तु फेला परेको थियो ।

अस्पतालका कर्मचारीले सरसफाई गर्ने क्रममा शंकास्पद बस्तु फेला परेपछि प्रशासनलाई खबर गरेका थिए । प्रशासनले नेपाल प्रहरीलाई खबर गरेपछि घटना स्थलमा नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बस्तु डिस्पोज गरेको हो।

बमको अवस्था हेर्दा पुरानो खिया लागेको र धुलाम्य अवस्थामा धेरै समयदेखि राखिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी  उपरिक्षक रंजित सिंह राठौरले जानकारी दिए ।