काठमाडौँ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्दको प्रयोगमाथिको प्रतिबन्ध लोकतन्त्रको उपहास भएको टिप्पणी गरेका छन् ।
बिहीबार सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न आदेश दिएपछि शर्माले शुक्रबार सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।
‘तिमी प्रतिबन्ध भएको सुनें, हुन सक्छ तिमीलाई सामाजिक न्यायको प्रवक्ता बुझेर चिसो छिँडीमा सडाउन चाहन्छन् । धारालाई तिम्रो प्रतिकूल बनाउनमा आफ्नै आत्मबलको कमी भएको महसुस गरेको छु । तर, युगको माग, युवाको दिमाग र प्रविधिको विकाससँगै जनआकांक्षा पूरा गर्न नयाँ स्वरूपमा नयाँ पहिचान बोकेर, पुरानो नाल होइन वेभ बनेर फेरि आउने छौ,’ शर्माले सञ्जालमा लेखेका छन्, ‘देशको आवश्यकता पूरा गर्ने लक्ष्य बोकेर बाँकी अभिभारा पूरा गर्ने संकल्पसहित नयाँ पुस्ताको चाहनाअनुसार एआईमा सवार हुनेछौं। प्रतिबन्ध त लोकतन्त्रको उपहास हो । जनयुद्ध तिमी प्रतिबन्धित भएछौं ।’











प्रतिक्रिया