काठमाडौं ।
सङ्घीय संसद्का दुई वटा समितिको बैठक बस्दै छ। संसद् सचिवालयका अनुसार आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो।
विधायन समितिमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल हुनेछ, जुन बैठक दिउँसो १:०० बजे बोलाइएको छ।
उता, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरू सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ । सो बैठक बिहान ११:३० बजे बोलाइएको छ।
प्रतिक्रिया