काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले पहिलो जित हात पारेको छ। मंगलबार चितवन राइनोजलाई ३३ रनले हराउँदै पहिलो जित दर्ता गरेको हो।
लुम्बिनी दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवनले ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो। लुम्बिनीलाई जिताउन कप्तान रोहित पौडेलले अलराउण्डर प्रदर्शन गरे। रोहितले ब्याटिङमा ८० रन बनाए भने बलिङमा ४ विकेट लिए।
चितवनका लागि सन्तोष कार्कीले १०, लुक बेनकेनस्टाइनले ३१, रवि भोपाराले १२ रन जोडे । त्यस्तै कुशल मल्लले २० रन जोड्दा रिजन ढकालले नटआउट रहँदै १५ रनको योगदान दिए भने नर सार्कीले २२ रन जोडे। लुम्बिनीका पौडेलले ४ विकेट लिए। रामोन सिमोन्ड्सले २ विकेट लिँदा साद विन जाफर र अविशेष गौतमले १/१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको हो।
लुम्बिनीका लागि रोहित पौडेले सर्वाधिक ८० रनको योगदान गरे। यसैगरी साद बिन जफरले ५२, अर्जुन साउदले १५ र टोम मुर्सले १० रन बनाए। चितवनका लागि रिजन ढकाल तीन, रञ्जितकुमा र कप्तान कुशल मल्लले समान एक/एक विकेट लिए।
यसअघिका चारै खेलमा पराजित भएको लुम्बिनीले पहिलो जितसँगै २ अङ्क जोडेको छ।











प्रतिक्रिया