नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशमा सर्वसम्मत नेतृत्व चयन


काठमाडौं ।

  नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति सर्वसहमतिमा चयन भएको छ । पत्रकार रमेश वाग्लेको नेतृत्वमा नयाँ कार्यसमिति बनेको हो । मंसिर २८ मा हुने निनर्वाचनका लागी आज उम्मेदवारी मनोनयन हुदा सबै पदमा एकल उम्मेदवारी परेको हो । 

जस अनुसार अध्यक्षमा रमेश वाग्ले उपाध्यक्ष बेञ्जु सेवेदी, पवित्रा गुरागाईँ, महासचिवमा रामचन्द्र अर्याल,सचिव बरकत अलिमिया,रमेश टमट्टा र कोषध्यक्षमा सुलसीमाया सापकोटा रहेका छन् ।  बाँकी सदस्यहरु समेत गरी २१ सदस्यीय कार्यसमितिमा मधेशी सदस्य बाहेक १९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक राजन कुइकेलले जानकारी दिए । महासंघको देशव्यापी हुने निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस चौतचारी नेपालबीच सहकार्य भएको छ ।