रवि लामिछानेलाई वीरगन्ज ल्याइयो


पर्सा ।

पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई वीरगन्ज ल्याइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई बयानका लागि पोखराबाट काठमाडौँ हुँदै वीरगन्ज ल्याइएको हो । 

 
प्रहरीका अनुसार उनलाई पोखराबाट काठमाडौँ र काठमाडौँबाट प्लेनमा सिमरा हुँदै वीरगन्ज ल्याइएको हो ।  
 

सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले  बयानका लागि यहाँ ल्याइएको प्रहरीले जनाएको छ ।
 

सहकारी ठगी गरेको भन्दै पक्राउ परेका लामिछानेलाई गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएको थियो ।

 जीवी राई नेतृत्वको सहकारीहरूबाट ग्यालेक्सी टेलिभिजनमा लगानी गर्दा उनी पनि संलग्न भएको उजुरी पछि उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो । त्यसपछि सोही प्रकरणमा कास्कीसहित रूपेन्देही, काठमाडौँ, चितवनमा बयान दिइसकेका छन् । अब उनलाई पर्सामा बयान लिइनेछ ।