रवि लामिछाने काठमाडौँ विमानस्थलमा, अब सिमरा हुदैँ वीरगन्ज लगिने


काठमाडौँ। 

 पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाइ काठमाडौँ विमानस्थलमा ल्याइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई बयानका लागि वीरगन्ज लैजानका लागि अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुदैँ काठमाडौँ ल्याइएको हो । 

 प्रहरीका अनुसार उनलाई अब काठमाडौँबाट प्लेनमा सिमरा हुँदै वीरगन्ज लैजाने प्रयोजनका लागि एअरपोर्ट ल्याइएको हो ।

सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले त्यहाँ बयानका लागि लैजान खोजिएको यसअघि नै प्रहरीले जनाएको थियो । 

ठगीमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेको कास्की, रूपेन्देही, काठमाडौं, चितवन पछि अब पर्सामा बयान लिइनेछ ।