शान्ति सुरक्षा सुदृढ गर्न मातहतका निकायलाई  गृहमन्त्रीको निर्देशन 


सुर्खेत। 

 गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  

गृहमन्त्री लेखकले दश वर्षे सशस्त्र द्वन्द्वका बेला पनि हामी दुई ठूला दलहरु मिलेर समस्या समाधान गरेको बताएका छन् । दुई ठूला दल एमाले काँग्रेस मिलेर संविधान बनाएको उनले बताए।  उनले भने ,‘यो सरकार केही मानिसहरुलाई मन्त्री  बनाउन र सरकार बनाउँनका लागि मात्र सरकार बनेको हैन । केही विशेष परिस्थितलाई सम्बोधन गर्न हामी एक ठाउँमा उचिएका हौं “।आर्थिक क्रियाकलाप कम्जोर बने । त्यसलाई चलाएमा बनाउन हामी एक ठाउँमा उभिएका हौँ । ६८ वर्षमा ७ वटा संविधान बनाउने विश्वका विरलै मध्ये एक नेपाल हो । धेरै संविधान बनाउनु भनेको देश अस्थिर हुनु हो । हामी स्थितरका लागि सरकार बनाएका छौं  ।,जनतामा डेलिभरीको समस्या छ । यसमा धेरै कुराहरु जोडिएको छ । धेरै विषय गृहमन्त्रालयसँग जोडिएकाले मातहतका निकाय चनाखो हुनुपर्ने अवस्था रहेको छ । महँगी , दुर्घटना, लागुऔषध, अपराध,उपभोग देखि गिटी बालुवाको अबैध उत्खनन् समेत गृहमन्त्रालय मातहत जोडिने भएकाले  यी विषयमा चनाखो भएर काम गर्न आवश्यक रहेको  छ ।’

शान्ति सुरक्षा,लोकतन्त्र प्रवाह हुनपर्ने् सेवाको स्थिती सुदृढ गर्न कुनैपनि सम्भझौता नहुने र सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने उनले बताएका छन । अनुशासन कायम राख्नुपर्ने उनको भनाइ छ।  । ‘लोकतन्त्र भनेको अनुशासनको परिवर्तन हो ।  अपराधकर्ताको व्यवस्था होइन ।’उनले भने, सरकारको स्थायित्व,मुलुकको स्थायीत्व र दिगो विकासबाट सरकार बनेकोले यसलाई नियन्त्रण गर्नेतिर पनि हामी केन्द्रित हुनु पर्छ। ‘भ्रष्टाचार र अपधार नियमन्त्रमा कुनै सम्झौता हुँदैन् । अपराध गर्नेहरु सबै कानुनी दायरामा आउनु पर्छ ।’ हाँसेर सेवा प्रवाह गरे आधा समस्या समाधान हुने उनले बताए ।   काम कसरी सम्पन्न गर्न सकिन्छ भन्नेमा  मात्रै केन्द्रित हुनुपर्ने उनको भनाइ छ।   

कर्णाली सबैभन्दा धेरै सम्भावना र अवसर बोकेको प्रदेश भएको बताउदै गृहमन्त्री लेखकले  केही भौगोलिक विकटताका कारण पछि परेकाले यसमा सबैले ध्यान दिनुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारीहरू आउने एक महिनामा के प्रभावकारी काम गर्न सक्नु हुन्छ । सोच बनाएर सेवा प्रवाह गर्नुपर्ने  उनले बताए। 

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानले परिकल्पना गरेको संघीय ढाँचामा लैजान ढिलाई गर्दा संघीयताप्रति नै टिकाटिप्पणी गर्ने अवस्था आएको बताए । आजदेखी वीरेन्द्रनगरमा सुरु भएको कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई संवोधन गर्दे मुख्यमन्त्री कँडेलले संविधान लागू भएको दश वर्ष पुग्न लाग्दा पनि संविधानले निर्देशित गरेका संरचनाले पूर्णता नउपाँउदा संविधान बिरोधीले टिप्पणि गर्ने बाटो खुलेको धारणा समेत राखे ।

संविधानले परिकल्पना गरेका संरचनालाई अलमल नगरी कानुन निर्माण गरेमा शान्ति सुरक्षा र विकास निर्माणले थप गति लिने मुख्यमन्त्री कँडेलले बताए।