रवि लामिछाने पोखरा एयरपोर्टमा, पोखरा-काठमाडौं-सिमरा हुँदै वीरगन्ज लगिने


पोखरा । 

पुर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पर्सा लैजान विमानस्थल लगिएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई बयानका लागि वीरगन्ज लैजानका लागि अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको छ ।

प्रहरीका अनुसार उनलाई पोखरावाट काठमाडौँ अनि काठमाडौँबाट प्लेनमा सिमरा हुँदै वीरगन्ज लैजाने प्रयोजनका लागि एअरपोर्ट लगिएको हो ।

 सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले त्यहाँ बयानका लागि लैजान खोजिएको यसअघि नै प्रहरीले जनाएको थियो । 

ठगीमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेको कास्की, रूपेन्देही, काठमाडौं, चितवन पछि अब पर्सामा बयान लिइनेछ।