अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंमा


काठमाडौं ।

मध्य तथा दक्षिण एसिया मामिला हेर्ने अमेरिकी सहायक बिदेश मन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आएका छन्। उनी छिमेकी मुलुक भारत र श्रीलंका भ्रमण सकेर नेपाल आएका हुन्। चिनियाँ मूलका अमेरिकी कूटनीतिज्ञ लु तीनदिनसम्म नेपालमा रहने छन् ।

 सहायक परराष्ट्रमन्त्री लुले नेपालमा रहँदा नेपाली नेताहरूका साथै नागरिक समाजसँग अन्तरक्रिया गर्नेछन्।

 उनले पत्रकार भेटघाटसमेत राखेको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ। लुको भ्रमणले पर्यावरण संरक्षण, महिला सशक्तीकरण, संस्कृति संवर्द्धन र दिगो विकासका श्रेत्रमा नेपाल र अमेरिकी सहकार्यलाई अझ सुदृढ बनाउन भूमिका खेल्ने विश्वास दूतावासले लिएको छ। 

 दूतावासले भनेको छ, ‘यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण, र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देशबीचको सहकार्य गर्नेछ ।’ उनले युवासँग साक्षात्कार गर्ने पनि बताइएको छ।