आज तीन वटा संसदीय समितिको बैठक बस्दै


काठमाडौं ।

प्रतिनिधिसभाका दुई समितिको बैठक बस्दै छ। सङ्घीय संसद् सचिवालयका अनुसार आज तीन वटा समितिको बैठक बस्नेछ। 

जसअनुसार राज्य व्यवस्था समितिसहित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

राज्य व्यवस्था समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्तासँग सांसदहरूले छलफल गर्नेछन्। जुन बैठक दिउँसो १:०० बजेबाट सुरु हुनेछ। 

उता, शिक्षा समितिमा विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ, जुन बैठक दिउँसो २ बजेबाट सुरु हुनेछ।

विधायन व्यवस्थापन समितिको बैठकमा भने नेपाल लेजिस्लेटिभ एकेडेमीसँग छलफल हुनेछ, सो बैठक दिउँसो २:३० बजे बस्नेछ। तीन वटै समितिको बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा बस्नेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।