भक्तपुर।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले पुराना मुख्य राजनीतिक दलले देश बिगारेको आरोप लगाएका छन् ।
शनिबार भक्तपुरको मध्यपुर ठिमीमा आयोपजत प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दल सिद्धान्त बमोजिम नचलेको हुनाले देश अहिलेको अवस्थामा पुगेको बताए ।
‘नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाले देखाएको बाटो हिँडेको भए नेपाली युवाहरु बेरोजगार भएर बिदेसिनु पर्ने थिएन ।’ उनले भने, म’दन भण्डारीले देखाएको जनताको बहुदलीय जनवाद (जबज) नेकपा एमालेले लागू गरेको भए नेपालमा कुशासन, भ्रष्टाचार र विकृतिले जरो गाड्ने थिएन ।’
उनले पुरानो दलले सिद्धान्ततः काम नगरेको भएर प्राकृतिक नियम बमोजिम नेपालमा वैकल्पिक शक्तिको रुपमा नातावाद, कृपावाद र परिवारवादभन्दा माथि उठेर रास्वपा अस्तित्वमा आएको दाबी गरे ।
प्रतिक्रिया