आयोगका सदस्यले लिए शपथ


हेटौंडा ।

एक साताअघि वागमती प्रदेश लोकसेवा आयोगका नियुक्त सदस्य रामबहादुर खड्काले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । मंसिर १३ गते आयोगको सदस्य नियुक्त खड्कालाई शुक्रबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा आयोग अध्यक्ष महेश्वर श्रेष्ठले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको उपस्थितिमा शपथ गराएका हुन् । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको उपस्थितिमा सदस्य खड्काले शपथग्रहण गरे ।

प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा ऐनको दफा ४ को उपदफा (२) बमोजिम खड्का आयोगको सदस्य नियुक्त भएका थिए । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–५ निवासी खड्का प्राध्यापन क्षेत्रबाट आयोग सदस्य बनेका हुन् । यससँगै आयोगको बोर्डले पूर्णता पाएको छ ।