कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक


काठमाडौँ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा सोमबार ​बस्नेगरी बैठक आह्वान गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठक यही मंसिर २४ गते बिहान ९ बजे बस्ने छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने उनले जानकारी दिए ।