बुटवल।
उप–प्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कानुन संशोधन गरेर भए पनि लगानीको वातावरण बनाउने बताएका छन् ।
सिद्धार्थ उद्योग बाणिज्य संघको आयोजनामा बिहीबारदेखि भैरहवामा सुरु भएको नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव २०८१ को समुदघाटन गर्दै मन्त्री पौडेलले व्यवसायीहरूलाई निराश नहुन आग्रह गरेका हुन् ।उनले देशको अवस्था पहिलेको अवस्थाबाट सप्रिँदै गएको बताए ।
भैरहवामा सञ्चालित अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रकै गौरव भएकोले यसको सञ्चालनमा शंका नगर्न उनले आग्रह गरे । हालको टर्मिनल भवन निर्माण भए पनि त्यो अपुग रहेको बताउँदै अर्को भवन निर्माण गर्न बाँकी रहेको उनले बताए । “विमानस्थलमा अरु काम पनि बाँकी छ । पूर्ण क्षमताको विमानस्थल बनाउन आवश्यक पूर्वाधार निर्माण गर्नै बाँकी छ ।” उनले भने “एकाध समस्या आए पनि त्यसलाई समाधान गर्दै अगाडी बढदैछौ । निर्णयहरु क्रमश कार्यान्वयन हुदैछन् । निजी क्षेत्रले गर्ने कामहरु गर्नुपर्छ । विमानस्थल राम्रोसंग चल्छ । कसरी चल्छ हामी चलाएर देखाउँछौँ । ”
मन्त्री पौडेलले भैरहवालाई अझै पूर्वाधार युक्त र पर्यटकलाई आकर्षित गर्ने गरी बनाउने बताए । भैरहवालार्ए समुन्नत र आधुनिक शहरको रुपमा विकास गरिने उनले धारण राखे ।
अर्थमन्त्री पौडेलले निर्माणाधीन आयोजना देखाउँदै निराशा छर्ने काम भएको गुनासो गरे । बुटवल–नारायाणघाट सडकमा केही समस्या देखिए पनि त्यसको समाधानको लागि सम्बन्धित देशसँग समन्वय गरिरहेको उनले बताए ।
बिहीबारबाट सुरु भएको नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव पुस १ गते सम्म सञ्चालन हुनेछ । मेला आयोजक मूल समिति संयोजक ठाकुर कुमार श्रेष्ठले महोत्सव उद्यमशीलता विकास पनि भएकोले नयाँ उद्यमी बन्न चाहनेले यहाँ आएर धेरै सिक्न सक्ने बताए ।











प्रतिक्रिया