काठमाडौँ।
सनातन संरक्षण समूहले बंगलादेशमा अल्पसंख्यक हिन्दु धर्मालम्बीहरुमाथि अत्याचार र अन्यायपूर्ण व्यवहार नगर्न माग गरेका छन्। हिन्दु, बौद्ध, शिख, जैनलगायतका धार्मिक संस्थाले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै स्वामी चिन्मय कृष्णदासको गिरफ्तारीले असुरक्षित भएको जनाउँदै काठमाडौंस्थित बंगलादेशी राजदूतावास, सरोकारवाला निकाय र मानवअधिकारवादी संस्थालाई यसबारे ध्यानाकर्षण गराएका हुन्।
‘मानव अधिकार घोषणा–पत्र तथा संयुक्त राष्ट्रसङ्घ को प्रस्ताव 36/55 “घोषणा असहिष्णुताका सबै प्रकारको उन्मूलन र धर्म वा आस्थाको आधारमा भेदभाव” १९८१, को समेत उल्लङ्घन गर्दै अल्पसख्यक सनातनी हिन्दु धर्मावलम्बीहरूमाथि भईरहेको दमन र अत्याचार तुरुन्तै अन्त्य गरियोस् र सनातनी हिन्दूहरुको रिहाई गरियोस् भनी हामी नेपाली सनातन हिन्दुहरुको समर्थनमा नेपालका सम्पूर्ण सनातन ओमकार परिवार सम्बद्ध (हिन्दू, बौद्ध, जैन, सिख र अन्य) धार्मिक, सामाजिक संघसंस्थाहरूका एवं सम्पूर्ण सनातन व्यक्तिहरु जोडदार माग गर्दछौं ।’ -विज्ञप्तिमा भनिएको छ।

















प्रतिक्रिया