प्रधानमन्त्री ओली स्वदेश फिर्ता


काठमाडौँ।

प्रधानमन्त्री केपी शर्मा ओली चीनको ४ दिने औपचारिक भ्रमण पूरा गरी स्वेदश फर्किएका छन् । प्रधानमन्त्री ओली बिहीबार दिउँसो साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

प्रधानमन्त्री ओलीलाई चीनका उपविदेशमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा मंसिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेइजिङ गएका थिए ।