दाेलखा।
दाेलखाकाे गाैरीशङ्कर गाँउपालिकामा भएकाे उपाध्यक्ष पदकाे उपनिर्वाचनमा नेकपा एमालेकाे उम्मेद्वार उमा लुङ्गेली मगर शेर्पा विजयी भएकी छन् ।
उनी नेकपा माओवादी केन्द्रकाे उम्मेद्वार निमलेकी शेर्पा भन्दा दुई सय पाँच मत बढी ल्याई विजयी भएकी हुन् ।
१५ हजार सात सय १८ मतदाता रहेकाे गाैरीशङ्कर गाँउपालिकामा सात हजार पाँच सय ९० मत खसेकाे थियाे भने सात हजार चार सय ८० मत सदर भएकाे थियाे ।
नेपाली कांग्रेसकाे तर्फबाट विजयी उपाध्यक्ष श्यामसुन्दर तमाङकाे निधनपछि भएकाे उपनिर्वाचनमा एमाले उम्मेद्वार उमा लुङ्गेली मगर शेर्पाले २८ सय पाँच मत प्राप्त गरेकी थिईन भने नेकपा माओवादी केन्द्रकाे उम्मेद्वार निमलेकी शेर्पाले २६ सय मत प्राप्त गरेकी थिईन ।
नेपाली कांग्रेसकाे तर्फबाट उम्मेद्वार बनेकाे स्वर्गीय श्यामसुन्दर तमाङकाे धर्मपत्नी पासदिकी शेर्पा तमाङले १७ सय २७ मत प्राप्त गरी तेस्राे भएकी छन् । निर्वाचनमा नेकपा एकीकृत समाजवादीकाे उम्मेद्वार रविना खड्काले ९० मत, राष्ट्रिय स्वतन्त्र पार्टीकाे उम्मेद्वार गाेमा श्रेष्ठले एकसय मत, राष्ट्रिय प्रजातन्त्र पार्टीकी मनकुमारी श्रेष्ठले एकसय १८ मत र जनता समाजवादी पार्टीकी उम्मेद्वार सपना कार्कीले २३ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय गाैरीशङ्कर गाँउपालिका सुरी दाेलखाले जनाएकाे छ ।
प्रतिक्रिया