काठमाडौँ।
कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि आइतबार भएको उपनिर्वाचनको मतगणना जारी छ। तिब्र प्रतिस्पर्धामा रहेका एमाले र माओवादीबीच उछिनपाछिन चलिरहेको छ।
नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरलाई पछि पार्दै माओवादी उम्मेदवार प्रा.डा शिवशरण महर्जन अघि लागेका छन् ।
माओवादीका महर्जनले ४ हजार १ सय १९ मत प्राप्त गरेका छन भने एमालेका मानन्धरले ३ हजार ९ सय ९७ मत प्राप्त गरेका छन्
नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल भने ५ हजार ६९ मतसहित अग्रता कायम राखेका छन् ।
यसअघि एमालेका मानन्धर महर्जनभन्दा अघि थिए ।
प्रतिक्रिया