काठमाडौँ।
कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसले अग्रता थप बढाएको छ। पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवारभन्दा कांग्रेस उम्मेदवार एक हजार मतले अगाडी छन्।
कांग्रेसका कृष्णमान डंगोलले ४ हजार १ सय ८ मत ल्याउँदा एमालेका डा. सुरेन्द्र मानन्धरले ३ हजार १ सय ८ मत पाएका छन्।
यसैगरी माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जनले २ हजार ७४० मत ल्याएका छन्। मतगणना जारी छ।
१० वटा वडा रहेको कीर्तिपुरमा अहिलेसम्म 8 वटा वडाको मत गणना सकिएको निर्वाचन कार्यालयले जनाएको छ।
प्रतिक्रिया