डोल्पा।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का नरबहादुर झाँक्री विजयी भएका छन् । आइतबार भएको निर्वाचनमा उनी एक सय ६१ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नरबहादुर रोकाले एक सय १६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै, नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत प्राप्त गरे।
विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित नन्दलाल रोकाको दमका कारण २०८० माघमा निधन भएको थियो । त्यतिबेला उनले माओवादी केन्द्रका जङ्गबहादुर रोकायलाई पराजित गरेका थिए।
प्रतिक्रिया