बीउ बिजन वितरणमा प्रविधिको प्रयोगले समग्र कृषि क्षेत्रमा सुधार आउनेछ : मन्त्री अधिकारी  


 काठमाडौं ।

 कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विश्व प्रविधिको युगमा प्रवेश गरेसँगै बीउ बिजनको  क्षेत्रलाई पनि प्रविधिमा आधारीत वनाउदै लैजानु  कृषि क्षेत्रको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । 
 
वीउ सम्बन्धी निर्माण गरिएको  सफटवयेर  देसिस– २ को  आज काठमाडौंमा शुभारम्भ गर्दे मन्त्री अधिकारीले कृषिलाई सूचना प्रविधि सँग जोडन जरुरी रहेको सन्दर्भमा बीउ बिजनको वितरणलाई डिजिटलाईजेसन प्रणालीमा लैजाने कार्यले समग्र कृषि क्षेत्रमा सुधार देखिने अपेक्षा व्यक्त गरे । 

 सरकारले डिजिटल नेपाल फ्रेमवर्क कार्यन्वयन गरिरहँदा यसको तुलनात्मक लाभ कृषि क्षेत्रले समेत लिनूपर्छ ,मन्त्री अधिकारीले भने  । कृषि , पर्यटन ,उर्जा र बृहत्तर पूर्वाधार निर्माण नेपालको  विकासका लागि अपरिहार्य रहेको  भन्दै मन्त्री अधिकारीले कृषिलाई प्रविधिमा आधारित बनाईरहँदा डिजिटल  साक्षरता पनि आवश्यक छ, भने । 

मन्त्री अधिकारीले यस सफटवेयर मार्फत गुणस्तरीय बीउ बिजनमा किसानको  सहज पँहच हूने अपेक्षा पनि व्यक्त गरे  । विभिन्न दातृसंस्थाको  सहयोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगतको बीउ बिजन गणस्तर नियन्त्रण केन्द्र मार्फत यो सफटवयेर निर्माण गरेको  हो  ।  यस  मार्फत तीनै तहका सरकार वीच बीउ बिजन वितरणलाई डिजिटलाईजेसन गरी गुणस्तरीय बीउमा किसानको पहुँच कायम हुने  केन्द्रका प्रमुख  बेनु प्रसाद प्रसाईंले  बताए ।