काठमाडौँ।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
प्रधानमन्त्री केपी ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार चीन प्रस्तान गरेका छन् । प्रधानमन्त्री ओलीको अनुपस्थितिमा दैनिक प्रसाशनिक कार्य गर्न उपप्रधानमन्त्री सिंहलाई राष्ट्रपति पौडेलले कार्यवाहक तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रतिक्रिया