रुकुम पश्चिमको सानीभेरी-५ मा कांग्रेसका खत्री विजयी


रुकुम पश्चिम।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५ को अध्यक्षमा नेपाली कांग्रेसका मोतीराम खत्री विजयी भएका छन् ।

आज भएको उपनिर्वाचनमा कांग्रेसका खत्रीले पाँच सय ९० मत प्राप्त गरी विजयी भ्बे भने उनका प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जसीराम बस्नेतले पाँच सय ३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद बस्यालले जानकारी दिए ।

उनका अनुसार १९ मत बदर भएको थियो । कूल एक हजार चार सय ३४ मतदाता रहेकामा एक हजार एक सय ४६ मत खसेको थियो ।

वडा अध्यक्ष अलबहादुर खत्रीको गत वर्ष उपचारका क्रममा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।