सर्केगाड उपनिर्वाचन: ६६.४३ प्रतिशत मत खस्यो, मतपेटिका सङ्कलन


हुम्ला ।

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ६६ दशमलव ४३  प्रतिशत मत खसेको छ। 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुरुष २ हजार ३ सय २९ र महिला २ हजार १ सय ९५ गरी कुल ४ हजार ५ सय २४ जना मतदानमा सहभागी भएका छन्।

उपाध्यक्ष पदका लागि मतदान १३ वटा  केन्द्रमा जम्मा ६ हजार ८ सय १० मतदाता संख्या भए पछि यो निर्वाचनमा २ हजार २ सय ८६ मतादाता  कम रहेको मुख्य निर्वाचन अधिकृत बरालले बताए। 

सर्केगाडका गाउँपालिकामा राहदेव ३७२,रोडिकोट ६५१,फुच्चा २०४,सर्केगाड ५३७,कलास१४२,लिप्ने ५१५,उनपानी ४४८,तुम्चा १७२,बराई ३५२,गोठीमा २८४,जैर ५९७ र छयाकीमा २५० मतादाताले मतदान गरेका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित उपाध्यक्ष चन्द्रसिंह कार्कीको  निधन भएपछि भएको उपनिर्वाचनमा सत्तारुढ दलहरु एमाले–कांग्रेस र माओवादी केन्द्र अलगअलग प्रतिष्पर्धामा उत्रिएका छन्।  स्वतन्त्रसहित ६ राजनीतिक दल चुनावी मैदानमा होमिएका छन्।

बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचन स्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको े मुख्य निर्वाचन अधिकृत  शम्भु प्रसाद बराले बताए । 

मतपेटिका सङ्कलनपछि दलीय सहमतिमा मतगणना अघि बढ्ने  मुख्य निर्वाचन कार्यालयले जनाएको छ।