एमालेलाई जग्गादान विवाद : पाँचौं पटकको पेशीमा पनि सर्वोच्चले हेर्न भ्याएन


काठमाडौँ । 

नेकपा एमालेको पार्टी कार्यालय जग्गा विवादको मुद्दा आज पनि स्थगित भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा तोकिएको पेसी हेर्न नभ्याइने भन्दै स्थगित भएको हो ।

 
भाटभटेनीका साहु मीनबहादुर गुरुङले दान दिएको जग्गाविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । जसमा सर्वोच्चमा मुद्दा दायर गरिएको थियो ।

गत मङ्सिर १० गते पनि यो विवाद न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएर हेर्न नभ्याइने भएको थियो । 

 यसअघि मंसिर २, मंसिर ४, मंसिर ७ र मंसिर १० गते हेर्न नभ्याउने हुँदै स्थगित हुँदै आएको थियो । योसहित स्थगित भएको पाँचौ पटक हो ।