सातदेखि नौ हजार वर्षपहिले पशुपालन गर्दा, कुकुरहरूले भेडा, बाख्रा र गाईवस्तुको गोठाला र संरक्षकको रूपमा सेवा गर्थे। यद्यपि धेरैले अझै पनि यी क्षमतामा सेवा गर्छन्, कुकुर मुख्यरूपमा सामाजिक उद्देश्य र साथीको लागि प्रयोग गरिन्छ। आज कुकुर अन्धा र अपांगहरूको लागि गाइडको रूपमा वा प्रहरीको काममा कार्यरत छन्।
कुकुरहरु सामान्यतया शान्तिपूर्ण जनावरहरू हुन्, जसले जहिले पनि द्वन्द्वबाट बच्न प्रयास गर्छन्। वास्तवमा तिनीहरूले मात्र आक्रमण गर्न बाध्य हुनेछन्, यदि विपक्षीले तिनीहरूको चेतावनी र शान्त संकेतलाई बेवास्ता गरेको हुन्छ । कुकुरले मानिसको मानसिक स्वास्थ्य र कल्याणलाई धेरै तरिकामा मद्दत गर्दछ। तिनीहरू महान् सामाजिक आइसब्रेकरहरू मात्र होइनन्, कुकुर मालिकहरूलाई उनीहरू बस्ने समुदायहरूसँग जोडिएको महसुस गराउँछन् । संसारभर कुकुरलाई मानिसको सबैभन्दा असल साथी मानिन्छ, आदिम मानवकालदेखि नै कुकुरले मानिसको संरक्षण र सिकारमा सहयोग गर्दै आएको छ।
मानिस र कुकुरलाई यति नजिकको मानिन्छ कि मानिसको अन्य कुनै प्राणीसँग यस्तो सम्बन्ध विरलै हुन्छ । तिनीहरूलाई अझै पनि सुरक्षा एजेन्सी, सिकारी र उद्धारमा प्रयोग गरिन्छ । तर आज सम्बन्ध अलि फरक देखिन्छ । कुकुरले टोक्ने धेरै घटनाहरू छन्, चाहे कुकुर घरपालुवा जनावर होस् वा सडकमा बस्ने । देशभर छाडा कुकुरले टोक्ने र बालबालिकालाई मार्ने घटना बढ्दै गएपछि विज्ञ र कार्यकर्ता पनि स्तब्ध भएका छन् । कतिपय घटनामा घरपालुवा कुकुरहरू संलग्न भएको तथ्य झन् चकित पार्ने छ। हालैका वर्षहरूमा देशभरबाट यस्ता हजारौं घटना रिपोर्ट गरिएका छन्, जसमा सबै उमेरका मानिस कुकुरको सिकार भएका छन् ।
कुकुरलाई दुई वर्गमा विभाजन गरिएको छ । एउटा आवारा कुकुर हो, अर्को पाल्तु कुकुर हो । आवारा कुकुरहरू दशकौंदेखि मानिसको वरिपरि बस्ने बानी परेका छन् । हाल, प्रकृतिले आवारा कुकुरहरूलाई दुई प्रकारका काम दिएको छ, एउटा बाँच्नको लागि खाना खोज्ने र अर्को आफ्नो क्षेत्रको रक्षा गर्ने । जब हामी आवारा कुकुरहरूलाई दिनको दुईपटक निःशुल्क खाना दिन्छौं, हामी वास्तवमा उनीहरूलाई खानाको लागि काम गर्ने अवसरबाट वञ्चित गर्छौ ं। तर तिनीहरूसँग काम गर्न अझै धेरै ऊर्जा छ, त्यसैले खाना खोज्ने काम सकिएपछि, तिनीहरूको दोस्रो काम क्षेत्रको रक्षा गर्नु हो र तिनीहरूले आफ्नो सम्पूर्ण शक्ति यही एक कार्यमा प्रयोग गर्छन् । त्यसैले जब कोही अपरिचित व्यक्ति उनीहरूको क्षेत्रमा आउँछन्, उनीहरूलाई आक्रमण गर्छन् र प्रायः उनीहरूको सिकार कामदारहरू, फेरिवालाहरू, विक्रेताहरू आदि बन्छन्।
कुकुर मालिकहरू वा कुकुरप्रेमीहरूको रूपमा हामीले उनीहरूको व्यवहारलाई धेरै हदसम्म बुझ्दैनौं। जब हामीले कुकुर पाउँछौं वा घरपालुवा जनावर पाउँछौं, हामी तिनीहरूलाई पशु चिकित्सकमा लैजान्छौं। किनभने हामी कुकुरको शरीर रचना बुझ्दैनौं । कुकुरहरूको व्यवहार बुझ्न हामीले कुकुरको व्यवहार विशेषज्ञहरूसँग पनि परामर्श गर्नुपर्छ । अध्ययनका अनुसार घरपालुवा जनावर नभएका मानिसहरूको तुलनामा घरपालुवा जनावर भएका मानिसहरूले आफ्नो समुदायका अन्य मानिसहरूलाई सजिलै भेट्ने सम्भावना ६० प्रतिशत बढी हुन्छ ।
छाडा कुकुरलाई अमानवीय तरिकाले मार्ने, विष खुवाएर मार्ने, गोली हानी मार्ने, ग्यास च्याम्बरमा मार्ने, करेन्ट लगाएर मार्ने, पानीमा चोपलेर मार्ने गरिएको हुन सक्छ । अमानवीय तरिकाले नियन्त्रण गर्ने, घिसार्ने, पारवहन गर्ने पनि हुन सक्छ । सुरक्षित ओतको अभाव, भीडभाड, तनावग्रस्त, रोगको संक्रमणले पनि छाडा कुकुर पीडित हुन्छन् ।
विश्वमा ९९ प्रतिशत रेबिज रोगका कारण जनसुमदायमा हुने मृत्युको कारण कुकुर मानिन्छ । प्रतिवर्ष विश्वमा ५५ हजार जनाकोे मृत्यु रेबिज रोगका कारण गरिब जनसुमदायमा हुने गर्दछ । धेरैजसो बालबालिका यसकोे जोखिममा पर्दछन् । कुकुरको टोकाइ जनस्वास्थ्यका लागि चुनौती हो । छाडा कुकुरका कारण ट्राफिक दुर्घटना, अस्तव्यस्तता, घ्वनि प्रदूषण, फोहोर हुन सक्छ । त्यस्तै घरका सामान नष्ट गर्ने, पाल्तु वा वन्यजन्तुमा क्षति पुर्याउन सक्ने हुन्छ ।
छाडा लावारिस कुकुरहरु निम्न कारणबाट पीडित हुन्छन् । कुपोषण तथा पिउने पानीको अभाव, छालाजन्य रोग लुतो र खुल्ला घाउ हुन सक्छ । लावारिस ७५ प्रतिशत छाउरा–छाउरी रोगले ग्रसित भएका हुन्छन् । रेबिज, पारभो, ट्युमर, चोटपटक तथा ट्राफिक दुर्घटनामा परी मृत्यु हुन सक्छ । तिनीहरु त्रासले झम्टिने, प्रतिस्पर्धी स्वभावका हुन्छन् ।
छाडा कुकुरहरुको संख्या नियन्त्रणका क्रममा तिनीहरु पीडित हुन पुग्छन् । छाडा कुकुरलाई अमानवीय तरिकाले मार्ने, विष खुवाएर मार्ने, गोली हानी मार्ने, ग्यास च्याम्बरमा मार्ने, करेन्ट लगाएर मार्ने, पानीमा चोपलेर मार्ने गरिएको हुन सक्छ । अमानवीय तरिकाले नियन्त्रण गर्ने, घिसार्ने, पारवहन गर्ने पनि हुन सक्छ । सुरक्षित ओतको अभाव, भीडभाड, तनावग्रस्त, रोगको संक्रमणले पनि छाडा कुकुर पीडित हुन्छन् ।
गल्लीमा आइरहने नयाँ कुकुरका बथानले त्यहाँ रहने कुकुरलाई रोग सार्ने डर हुन्छ । खोप लगाएका र नलगाएका कुकुर छुट्याउन कठिन हुन्छ । जनसमुदायमा रोगको बढी खतरा हुन्छ । कुकुरधनी तथा समुदाय आक्रोशित हुन सक्ने हुन्छ । त्यसैले कुकुर व्यवस्थापन उपयुक्त तरिकाले हुनुपर्छ ।
प्राथमिकता मानव कल्याणकै भए पनि कुकुरजस्तो पशुको जीवनको अवमूल्यन गरिनुहुन्न । कुकुरको खानपान, बसोबास, संख्या नियन्त्रणका साथै रेबिजविरुद्धको प्रतिरक्षा हुनुपर्छ । कुल कुकुरको संख्याको ७० प्रतिशतलाई रेबिजविरुद्घ खोप दिने हो भने जनसमुदायमा रेबिज रोग न्यून गर्न सकिन्छ । कुकुरको जनसंख्या व्यवस्थापन प्रभावकारी एवं मानवीय रुपमा गरिनुपर्छ ।
कानुनी व्यवस्थालाई हेर्ने हो भने, आफ्नो कुकुरप्रति स्वामित्वबोध हुनुपर्छ । कुकुर दर्ता गर्नुपर्नेछ । सचेतना हुनुपर्छ । जस्तै– कुकुरको हेरचाह गर्ने, छाडा छाड्ने प्रवृति रोक्ने, कुकुरको टोकाइ अनि रेबिजबाट बच्ने उपाय अवलम्बन गरेको हुनुपर्छ । कुकुरको स्याहारमा सामुदायिक जनसहभागिता हुनुपर्छ । समुदायमा कुकुरको समस्या अनि जिम्मवारी तोक्नुपर्छ । जिम्मेवार कुकुरधनी बन्न सहजीकरण गर्नुपर्छ । निःशुल्क बन्ध्याकरण तथा खोप सेवा दिने गर्नुपर्छ ।
समाजमा कुकुरको भूमिका बढ्दै गएको छ, चाहे साथीको रूपमा होस् वा स्वयंसेवक वा मानव स्वास्थ्य पेसेवरहरूको रूपमा । त्यसैले कुकुरको सहयोग वा उपचार प्रदान गर्ने विशेष भूमिकाहरू लिनुहोस् । कुकुरहरु हाम्रो सामाजिक जीवनका अभिन्न सहयात्री हुन् । मानव तथा पशु कल्याणका लागि कुकुरको जनसंख्या व्यवस्थित गरिनुपर्छ । सामुदायिक कुकुकुरहरुको जनसंख्या व्यवस्थित गर्दा यिनको स्रोतको पहिचान एकिन गरिनुपर्छ । स्थानीय परिस्थिति सुहाउँदो कार्ययोजना हुनुपर्छ, जसबाट कुकुरलाई त्रसित नगरी रेबिजको त्रासबाट बच्न सकिन्छ । आफ्नो कुकुरप्रति स्वामित्वबोध हुनुपर्छ ।
(लेखक डा. कार्की सेवा निवृत्त वरिष्ठ पशुचिकित्सक हुनुहुन्छ ।)
प्रतिक्रिया