कीर्तिपुरको चुनाव जनमत संग्रह हो, कसको पक्षमा मत छ भन्ने यो निर्वाचनले देखाउँछ : राजेन्द्र पाण्डे


काठमाडौँ। 

नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कीर्तिपुर नगरपालिका प्रमुख पदको निर्वाचन जनमत संग्रह भएको बताएका छन् । बिहीबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आइतबार हुने स्थानीय तह उपनिर्वाचनमध्ये कीर्तिपुरको निर्वाचन जनमत संग्रह भएको बताएका हुन् । 

‘निर्वाचन त अन्य स्थानमा पनि छन् ।  तर कीर्तिपुरको निर्वाचन जनमत संग्रह हो । कसको पक्ष मत छ भन्ने कुरा यो निर्वाचनले देखाउँछ’,  पाण्डेले भने, ‘त्यसकारण माओवादीका उम्मेदवार प्राडा शिवशरण महर्जनको चुनाव चिन्ह गोलकारभित्र रहेका हँसिया हथौडालाई भोट हाल्न आग्रह गर्दछु । जिताउन भन्न चाहन्छु ।’

कीर्तिपुरमा माओवादी केन्द्र र एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले शिवशरण महर्जनलाई साझा उम्मेदवार बनाएका छन्।

मंसिर १६ गते कीर्तिपुरको मेयर र वडा नम्बर १ र ४ को वडाध्यक्षमा उपनिर्वाचन हुँदैछ।