काठमाडौं ।
परराष्ट्र मन्त्री आरजु राणा आज चीन जाने भएकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि उनी ५ दिन अगावै चीन जान लागेकी हुन।
प्रधानमन्त्री ओली १७ मङ्सिरमा चार दिने भ्रमणका लागि उत्तरी छिमेकी मुलुक चीन जाँदैछन। मुख्यतया: चीनको ठुला परियोजना बिआरआई कार्यान्वयन सम्झौता गर्ने विषयमा कांग्रेस-एमालेबिच विवाद कायमै रहेको बेला त्यसको पृष्ठभूमि तयारीका लागि परराष्ट्र मन्त्री पाँच दिन अगावै चीन जान लागेकी हुन्।
उनको चीन भ्रमण सोमबार बसेको मन्त्रीपरिषद् बैठकले स्विकृत गरेको थियो।
प्रतिक्रिया