पूर्वराजा ज्ञानेन्द्र एक महिना भ्रमण गर्न नेपालगन्ज जाँदै

1.97k
Shares

-उतैबाट भैरहवा जाने तयारी
-सुदूर र मध्येपश्चिम टुर 

काठमाडौं ।

 पूर्वराजा ज्ञाननेन्द्र शाह र पूर्वरानी कोमल शाह आगामी सोमबार नेपालगन्जको भ्रमणमा निस्कने कार्यक्रम रहेको छ । देश दौडाहा शुरु गरेका  पूर्वराजा शाह करिब एक महिना बढी मध्यपश्चिम र सुदूरपश्चिम बस्ने कार्यक्रम तय भएको छ ।
 
 पूर्वराजाका सम्बाद सचिव डा. फणीराज पाठकले आगामी साता नेपालगंज भ्रमणमा जाने उल्लेख गरी प्रेस विज्ञप्ति जारी गरेका छन् । भ्रमण तालिका अनुसार करिब एक महिना मध्ये र सुदूरपश्चिम भ्रमणपछि भैरहवा जाने कार्यक्रम रहेको छ । 

स्रोतका अनुसार नेपालगन्जमा राजनीतिक भेटघाट हुने सम्भावना रहेको छ ।
 
 पूर्वराजा ज्ञानेन्द्रको सुरक्षार्थ कन्भेटोली भोलि बिहीबार सडकमार्गबाट नेपालगंज जाने कार्यक्रम रहेको छ । टोलीको नेतृत्व सुदन थापाने गर्ने स्रोतको भनाई छ । सशस्त्र प्रहरीको सुरक्षा सहितको कन्भे टोलीमा पूर्वराजा चढ्ने सवारीसाधन पनि संगै जानेछ । सो टोलीले पूर्वराजा ज्ञानेन्द्र परिवार भ्रमण गर्ने क्षेत्रको सुरक्षा अवस्थाबारे बुझ्ने छ।  । 

  सुदूर र मध्येपश्चिम क्षेत्रको भ्रमणको क्रममा उनले विभिन्न शक्तिपिठमा पूजा आजा गर्ने कार्यक्रम तय भएको छ । अहिले नेपालगंज जाने तय भएको छ , त्यसपछि भैरहवा र अन्य स्थानमा पनि हुनेछ–स्रोतले न्युज अफ नेपालसँग भन्यो। 

पूर्वराजा परिवार  नेपालगन्जको सोल्टी होटेलमा बस्ने कार्यक्रम छ।