काठमाडौँ ।
संविधानअनुसार बन्न बाँकी रहेका कानुनहरू सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन भएको छ ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति अन्तर्गत सो उपसमिति गठन भएको हो । मङ्गलवार सिंहदरबारमा बसेको बैठकले सांसद डा.वेदुराम भुसालको संयोजकत्वमा पाँच सदस्यीय उप समिति गठन गरेको हो।
सो उपसमितिलाई संविधानअनुसार बन्न बाँकी कानुनहरूको संसदमा ल्याउन भनी दिएको निर्देशनको कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्ने निर्देशन दिईएकोृ छ।
समितिको सदस्यमा एमालेबाट गोपाल भट्टराई, कांग्रेसबाट विष्णुदेवि पुडासैनी,माओवादी केन्द्रबाट गंगाकुमारी वेल्वासे र जसपा नेपालबाट मृगेन्द्रकुमार सिंह यादव सदस्य रहेका छन् । सो समितिको म्याद एक महिना अर्थात् पुस ११ गतेसम्म तोकिएको छ ।
प्रतिक्रिया