महिला अधिकारका क्षेत्रमा मैले जति काम अरु कसैले गरेको प्रमाणित भए म राजीनामा दिन्छु: मन्त्री सुढी


काठमाडौँ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुढ़ीले महिला अधिकारका क्षेत्रमा आफूले  जति काम अरु कसैले गरेको प्रमाणित भए राजीनामा दिने बताएका छन्। 

सोमबार  राष्ट्रिय महिला आयोगले काठमाडौँको अल्फाविटामा आयोजना गरेको ३३ औं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ समारोहको उद्घाटन  गर्दै  मन्त्री सुढ़ीले  यस्तो बताएका हुन्। उनले यो अभियान लैङ्गिक हिंसा रहित बनाउन कोसेढुंगा साबित हुने विश्वास आफूले  लिएको बताए। 

‘नेपाल मात्र हैन अमेरिकामा पनि हिंसा अन्त्य भएको छैन । १२ बर्षको बालकले हतियार चलाउँछन् मन शान्ति छैन । पश्चिमा मुलुकहरुले नेपालको योग, साधना गर्दैछन् । पितृ सतात्मक देश भएकै कारण नेपालका महिलालाई पछाडि पारेकै हो । अब २१ औं शताब्दी महिला अधिकारको शताब्दी हो । जति मैले महिला अधिकारका क्षेत्रमा काम गरेको छु अरु कसैले गरेको छ भने प्रमाणित गर्नुस म राजीनामा दिन्छु ।यो अभियानको उद्देश्य महिला र पुरुष बीचको असमानता हटाउनु हो । यो अभियान लैङ्गिक हिंसा रहित बनाउन कोसेढुंगा साबित हुने विश्वास लिएको छु’ मन्त्री शाहले भने । 

यसबर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको मुल नारा हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यवद्धता रहेकोछ । नारामा महिला मानव अधिकार रक्षकको पहिचान महिला हिंसा विरुद्धको अभियानमा ऐकक्यवद्धताको लागि सरोकारवाला निकायहरुले संयुक्त रुपमा अपिल गरेका छन् ।  

महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवस नोभेम्बर २५ को अवसरमा आयोजित कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरुले १६ दिने अभियान ३६५ दिन नै मनाउन जोड दिएका छन् । 

नेपालमा २०५४ सालबाट विभिन्न संघसंस्थाले सुरु गरेको यो अभियानलाई २०७५ सालबाट सरकारी मान्यता प्राप्ति भएको हो । नेपालको संविधान २०७२ धारा ३८ (महिलाको हक) धारा १६ सम्मानजनक जीवनको अधिकार, धरा १८ समानताको अधिकार, धरा २० संरक्षणको हक, धरा ४३ ले रोजगारीको हक, धारा ३३ श्रमअधिकारको संरक्षण लगायत अन्य कानुनले प्रदत्त गरिएको अधिकारले महिला विरुद्धको हिंसालाई दण्डनी ठहर गरेको भए पनि महिला तथा बालिकाहरु अझै पनि विभिन्न प्रकारका हिंसाबाट पीडित तथा प्रभावित छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा हरेक ३ मध्ये एक जना महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोग्छन । यस्तो हिंसामा संलग्न चीनजानकै व्यक्ति हुने गरेका छन् । एक बर्षको नेपाल प्रहरीमा परेको उजुरीका आधारलाई केलाउँदा अत्यन्तै डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ । प्रत्येक दिन कुनै कुनै रुपमा ७ जना महिला तथा बालबालिकाहरु बलात्कारको सिकार हुने गरेका छन् । 

।