प्रतिनिधिसभाका सचिव अधिकारीको राजीनामा स्वीकृत


काठमाडौँ   ।

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उनको राजीनामा स्वीकृत गरेका हुन् ।

सभामुख  देवराज घिमिरे कम्बोडियामा रहेको बखतमा प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका थिए। 

सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा रहेको बेला अचानक सचिव अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन्। 

अधिकारीले स्वास्थ्यलाई कारण देखाउँदै राजीनामा दिएको जनाइएको छ ।

गत असार १७ गते मात्र अधिकारीलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सचिव नियुक्त गरेका थिए।