काठमाडौँ।
धरहरा चढ्नका लागि अबदेखि शुल्क तिर्नुपर्ने भएको छ। सरकारले धरहरा चढ्न प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको हो।
सहरी विकास मन्त्रालयका अनुसार विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने ५० प्रतिशत सहुलियत हुनेछ। यसअघि परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको धरहरा अब व्यवस्थित रूपमा सशुल्क सञ्चालन गर्न लागिएको हो।
सहरी विकास मन्त्रालयले गरेको प्रस्तावअनुसार सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ।
त्यस्तै, धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ ताकिएको छ। धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको छ।
त्यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्तवका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार तोकिएको छ। व्यावसायिक भिडियो छाँयाकनका लागि प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार रुपैयाँ तोकिएको छ।
प्रतिक्रिया