काठमाडौँ।
नेपालको औपचारिक भ्रमणमा रहेका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले शुक्रबार प्रधानमन्त्री के.पी. शर्मा ओलीसँग प्रधानमन्त्रीको कार्यालय, सिंहदरवारमा शिष्टाचार भेटघाट गरेका छन् ।
जनरल द्विवेदीले आजै रक्षा मन्त्रालयमा रक्षा मन्त्री मानवीर राईसँग समेत शिष्टाचार भेटघाट गरेका छन्।
भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदीले अजै बिहान माउण्टेन फ्लाईटमार्फत विभिन्न हिमालहरुको अवलोकन गरेका थिए । तत्पश्चात् उनले, शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको समेत भ्रमण गरे । सो अवसरमा उनलाई उक्त कलेजका विविध गतिविधिहरु बारे जानकारी गराईनुका साथै उनले कलेजमा तालिमरत सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुसँग अन्तरक्रिया गरेका थिए।
प्रतिक्रिया